३ असार २०८१, सोमबार | Mon Jun 17 2024

आधारभूत तहमा महिला शिक्षकको संख्या पुरुषको भन्दा बढी


१४ जेठ, काठमाडौँ । नेपालमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८० । ०८१ को आर्थिक सर्वेक्षणले उक्त तथ्य औंल्याएको हो । शैक्षिक सश २०८० मा आधारभूत तह कक्षा (१, ५) मा महिला शिक्षकको संख्या ५४. १ प्रतिशत पुगेको छ ।

शैक्षिक सत्र ०७९ मा यो संख्या ४७.२ प्रतिशत थियो । एक वर्षको अवधिमा महिला शिक्षकको संख्यामा ७ प्रतिशतको वृद्धि भएको देखिएको छ । यद्यपि माध्यामिक तह (कक्षा (९ १२) मा भने महिला शिक्षकको संख्या कम छ । सो तहमा १९ प्रतिशत मात्र महिला शिक्षक रहेको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार १२:१४