१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

श्रृंखला खतिवडा हेड टु हेडको दोस्रो राउण्डमा पराजित, मिस वर्ल्ड बन्ने सम्भावना भने कायमै

१६ मंसिर, काठमाडाैँ । हेड टु हेड को पहिलो राउण्डमा समूह विजेता बन्दै दोश्रो राउण्ड पुगेकी मिस नेपाल २०१८ श्रंखला खतिवडा दोस्रो राउण्डमा भने पराजित भएकी छिन् ।

श्रृंखला दोस्रो राउण्डमा मिस सिंगापुरसँग पराजित भएकी हुन् । दोस्रो चरणमा श्रृंखलाले मिस वर्ल्ड सिंगापुर भेनिसा पेहलाई प्रतिस्पर्धीको रुपमा पाएकी थिइन् । उनी यो राउण्डमा विजेता भएको भए फाइनलका लागि अन्तिम ३० मा छानिन्थिन् ।

 

अझै मल्टिमिडिया वा व्युटि विथ पर्पज जितेर श्रृंखला अन्तिम ३० मा पर्ने सम्भावना कायमै छ । मिस नेपाल २०१८ श्रृंखला खतिवडा अहिले चीनको सान्यामा मिस वर्ल्ड २०१८ को फाइनलमा सहभागी भइरहेकी छिन् ।

प्रकाशित मिति : १६ मंसिर २०७५, आईतवार ०८:५०