लक्ष्मी सन्राइज बैंकद्धारा विराटनगरमा सेवा विस्तार
६ जेठ, काठमाडाैं । लक्ष्मी सन्राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किलोमिटर उत्तरतर्फ सोही महानगरपालिकाको वडा नम्बर ३ स्थित पुष्पलाल चोकमा स्थानान्तर गरिएको हो ।
स्थानान्तरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकले सोही स्थानकै अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ । शाखा स्थानान्तरणसँगै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बन्ने बैंकको विश्वास छ ।
स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवा प्रदान गर्नेछ । साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न बैंकले बिर्तामोडमा रहेका आफ्ना २ वटा शाखा गाभी साबिक सन्राइज बैंकको स्थान ( भद्रपुर लाइन, बिर्तामोड नगरपालिका–४, झापाबाट संयुक्त कारोबार शुरू गरेको छ ।
त्यसैगरी, चितवन जिल्लास्थित भरतपुरको हाकिमचोकमा रहेका २ वटा शाखा पनि गाभिई साविकको लक्ष्मी बैंकको स्थान ( हाकिमचोक, भरतपुर महानगरपालिका–१० बाट ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ । हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५६ शाखा, ३१९ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १३० शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।
प्रकाशित मिति : ६ जेष्ठ २०८१, आईतवार १८:०९












