नेपाल अाइडलको मञ्चबाट अरूलार्इ रूवाउँदै अाफू पनि रूदैँ बाहिरिए पवन गिरी
१४ मंसिर, काठमाडाैँ । नेपाल अाइडलको मञ्चबाट दोलाखाका पवन गिरी रूवाउँदै र रूदैँ बाहिरिएका छन । उनले नेपाल अाइडलमा टप फाइभको यात्रा तय गर्न सकेनन् । शंकरदेव कलेजमा बीबीएस अध्ययनरत गिरीले जाँदाजाँदै शुक्रबार मात्रै दुर्इवटा रेसपेक्टेड प्रफरमेन्स दिएका थिए ।
औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका उनले भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका थिए जाँदाजाँदै जर्जहरुले पनि यही प्रतिक्रिया दिएका थिए ।
नेपाल आइडलबाट बाहिरिने प्रतियोगीको नाममा आफ्नो नाम सुनेपछि उनीी भकानिएका थिए । उनले अाफ्नाे अामा र बुबापछिकाे अभिभाक जर्ज न्युहु बज्राचार्य भएकाे बताए ।
गिरीको विदार्इमा जर्जहरू समेत रोएका थिए । उत्कृष्ट ६ बाट पवन बाहिरिएसँगै उत्कृष्ट पाँचमा स्थान बनाउन सफल भएका छन् विक्रम बराल, रवि ओड, अस्मिता अधिकारी र सुमित पाठक । न्यूहु बज्राचार्यले पवन गिरीका लागि अाँशुको धारानै बगाए ।
उनले पवन भविष्यमा भर्सस्टायल गायकका रूपमा स्थापित हुनेमा अाशा व्यक्त गरे । त्यस्तै अर्की जर्ज इन्दिरा जोशीले पवनलार्इ नेपाल अाइडलको अरू तीन चार कार्यक्रममा अघि बढाउन चाहेको बताएकी थिइन । यतिभन्दा पनि उनको गला अबरूद्ध भएको थियो । पवन गिरीको विदार्इमा अाज नेपाल अाइडलको मञ्चमा सबैजसोले अाँशु झारेका थिए ।
प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार २३:०४