१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

४ जेठ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्याएको योगदान नेपाल र नेपालीका लागि सदैव स्मरणीय रहने बताको छ ।

इतिहासकार नेपालको निधनको खबरले आफूलाई दुःखी बनाएको राष्ट्रपति पौडेलले आज पठाउनुभएको समवेदना सन्देशमा उल्लेख छ । “तथ्य र प्रमाणको कसीमा रहेर नेपालको राजनीति, साहित्यलगायतको इतिहास लेखनमा जीवन समर्पित गरेका विद्वान इतिहासकार ज्ञानमणि संस्कृत वाङ्मय, शिलालेख तथा ऐतिहासिक दस्तावेजलाई समेटेर इतिहास लेखनमा दख्खल राख्थे”, समवेदना सन्देशमा भनिएको छ ।

इतिहासकार नेपालका ‘नेपालको महाभारत’ तथा ‘नेपाल निरुक्त’ लगायतका कृति एवं कैयौँ अनुसन्धान तथा खोजमूलक लेखरचना चिरकालसम्म ज्ञानका भण्डारकारुपमा रहिरहने राष्ट्रपति पौडेलले समवेदना सन्देशमा उल्लेख गरेको छ । राष्ट्रपति पौडेलले इतिहासकार नेपालका परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति : May 17, 2024 at 5:19 pm