१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ओएनएफ न्युजिल्याण्डले मनायो स्थापना दिवस


प्रवासी नेपाली मञ्च(ओएनएफ) न्युजिल्याण्डले आफ्नो आठौं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । मञ्चले स्थापना सप्ताहाका रुपमा रक्तदान र  विश्वविधालयका नवआगन्तुक विधार्थीहरुलाई स्वागत तथा  परिचयात्मक कार्यक्रमको आयोजना गरेर मनाएको छ ।न्युजिल्याण्डको अकल्याण्ड र क्रइसचर्चमा नेपाली रक्तदाता संघ न्युजिल्याण्डसंगको सहकार्यमा मञ्चले रक्तदान कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाएको हो । मञ्चका अध्यक्ष डा. भगवान यादवको नेतृत्वमा क्राइसचर्चमा र उपाध्यक्ष रामराज ओलीको नेतृत्वमा अकल्याण्डमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै मञ्चले लिंकन विश्वविधालय र क्यान्टवरि विश्वविधालयमा स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना पनि गरेको छ ।कार्यक्रममा नवआगन्तुक विधार्थीहरुलाई न्युजिल्याण्डका विविध पक्षहरुका विषयमा अध्यक्ष डा. यादवले जानकारि गराएका थिए ।    

न्युजिल्याण्डमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था प्रवासी नेपाली मञ्च न्युजिल्याण्डको स्थापना सन् २०१६ मा  भएको हो । २०१६ अप्रिल २९ आत्मराम खनालको संयोजकत्वमा १३ सदस्यिय भेला आयोजक कमिटि गठन गरेको थियो  । यहि दिनलाइ प्रवासी नेपाली मञ्च न्युजिल्याण्डले स्थापना दिवस मनाउंदै आएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार ०५:०८