१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

४५ लाख कित्ता आईपीओ निष्कासन गर्दै बिजनेश इन्टरेष्ट ग्रुप, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल


३ जेठ, काठमाडाैं। बिजनेश इन्टरेष्ट ग्रुपअफ ईण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता रु.१०० अंकित दरका ४५ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेकाे हो ।

कम्पनीले आईपीओ निष्कासनका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा बिजनेश इन्टरेष्ट ग्रुपअफ ईण्डष्ट्रिज लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नवराज बुर्लाकोटी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

कम्पनीले कृषि क्षेत्रको व्यवसायिकता र दिगोपना, उत्पादन प्रवर्द्धन, उत्पादकत्व वृद्धि तथा बजार सुनिश्चितताको लागि काम गरिरहेको छ । यस कम्पनीको हाईलाईफ एग्रो एण्ड फुड्स ईन्डष्ट्रिज लिमिटेड तथा पाँचतारे होटल लेमन ट्रि प्रिमियर बुढानिलकण्ठमा सबैभन्दा ठुलो लगानी रहेको छ ।

विभिन्न उद्योग, व्यापार, होटल तथा पर्यटन लगायतका क्षेत्रमा व्यापार सञ्चालन र विस्तार गर्न आफ्नो पूर्ण स्वामित्वका विभिन्न सातवटा सहायक कम्पनी स्थापना गरी काम अगाडि बढाएको छ । कम्पनीले उपभोक्ताहरुलाई सुलभ मूल्यमा गुणस्तरीय सामान उपलव्ध गराउन गो मार्ट सञ्चालनमा समेत ल्याएको छ । कम्पनीले पूर्ण स्वामित्वको चितवन फुड्स ईन्डष्ट्रिज लिमिटेड मार्फत दाल,चामल, तेल, आटा र गेडागुडी लगायतकाखाद्य सामग्रीको उत्पादन शुरु गरेको छ । कम्पनीले नमुना कृषिस्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि अनुसन्धान केन्द्र साथै खाद्य उद्योग स्थापना र सामुदायिक खेतीका लागि विभिन्न स्थानमा करिब ६० बिघा जग्गा खरिद गरी काम गरिरहेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार ११:२९