१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ठमेल प्लाजा होटलले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा


३ जेठ, काठमाडौं। ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने मुख्य एजेण्डा पारित गर्न आगामी जेठ १९ गते विशेष साधारण सभा बोलाएको छ । सो सभा होटलकै सभाकक्षमा बिहान १० बजेबाट सुरू हुनेछ ।

उक्त सभामा सर्वसाधारणलाई छुट्टाइएको आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिनुका साथै हकप्रद सेयर जारी गर्ने लगायतका प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार ०९:५१