७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

गृहमन्त्रि लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता


२ जेठ, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गरेको छ ।

आज भएको भेटमा उनिहरुबीच द्विपक्षी हित, ऊर्जा, विपद् व्यवस्थापन, भूमि व्यवस्थापन, नागरिक उड्डयन, सुरक्षा व्यवस्थापन, युवाको सीप विकास तथा स्वरोजगार लगायतका विषयमा आपसी सहकार्यका विषयमा छलफल भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

त्यसक्रममा  राजदूत थेलेफले नेपाल र स्वीडेनको ऐतिहासिक सम्बन्धका आधारमा आपसीहित, द्विपक्षीय सहयोग र नेपालको विकास प्राथमिकताका क्षेत्रमा सहकार्य गर्न स्वीडेन सधैँ तयार रहेको बताउनुभयो । उनले मन्त्री लामिछानेलाई बधाईसहित सफल कार्यकालको शुभकामना समेत दिएको  सचिवालयले जनाएको छ ।

यस्तै, उपप्रधानमन्त्री लामिछानेले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न र साझा विषयमा थप सहकार्य गर्न नेपाल तयार रहेको बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार १५:३३