१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

थोरै समयमा धेरै कामः मन्त्री महासेठ


२ चैत, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी ५ वर्ष्भित्रमा विकास र समृद्धिका विषयमा जनतासामु गरेको वाचा पूरा गर्ने ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्रालयमा शुक्रबार साँझ पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “अब देश र जनताको हितमा काम गर्नुस्, राम्रो काम गर्नेको राम्रै मूल्यांकन हुनेछ, म कुनै राजनीतिक विचारसँग सरोकार राख्दिन ।”

आर्थिक समृद्धि र पूर्वाधार विकासको कामलाई तीव्रता दिने विषयमा प्रधानमन्त्रीको चासोलाई बुझेर काम गर्न आवश्यक रहेको बताउँदै मन्त्री महासेठले थोरै समयमा धेरै काम गरेर राम्रो परिणाम दिन सक्नुपर्दछ भन्नुभयो ।

यसअघि मन्त्रालयका सचिव देवेन्द्रबहादुर कार्कीले मन्त्री महासेठलाई मन्त्रालय मातहत सञ्चालन गरेका आयोजनाका बारेमा जानकारी गराउँदै मुलुकमा पूर्वाधार निर्माणमा नेतृत्वले दिने निर्देशनलाई हामीले कटिबद्ध र प्रतिबद्धताका साथ काम गरी निकै सकारात्मक नतिजा दिलाउने अठोट व्यक्त गर्नुभयो ।

नवनियुक्ति मन्त्री महासेठसँग नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य, पूर्वमन्त्री भएर काम गरेको अनुभव छ ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार २३:१७