नेप्सेमा दोहोरो अंकको सुधार, ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट
३१ वैशाख, काठमाडौं । वैशाख महिनाको अन्तिम कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साेमबार नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ काे बिन्दुमा बन्द भएकाे छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबारकाे दिन ३ अर्ब १५ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको ९५ लाख ४१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
साेमबार ५ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, श्रृजनशील लघुवित्त र हिमालयन उर्जा विकास कम्पनीको सेयरमा सकारात्मक लागेकाे हाे । यस दिन सिवाईसि लघुवित्तको सेयरमूल्य सर्वाधिक घटेकाे छ ।
प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार १५:२१