१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

घोराही सिमेन्ट ६४ करोड २५ लाख नोक्सानीमा, प्रतिसेयर आम्दानी ऋणात्मक

३१ वैशाख, काठमाडाैं । घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनी ६४ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ३ करोड ३९ लाख रुपैयाँ नाफामा थियो।

समीक्षा अवधिसम्ममा कम्पनीले २७ करोड ५७ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.७६ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ६५ करोड २७ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।

४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ५० करोड ६१ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १८ रुपैयाँ ७६ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ५५ पैसा रहेको छ।

प्रकाशित मिति : May 13, 2024 at 10:43 am