११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

नेपाल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

३१ वैशाख, काठमाडौं। नेपाल बैंक लिमिटेडले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जेठ महिनामा बैंकले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएकाे छ ।

वैशाख महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत ब्याजदर दिएकाेमा जेठ महिनाका पनि साेही ब्याजदरलाई निरन्तरता दिने भएकाे हाे । बैंकले जेठ महिनाका लागि व्यक्तिगततर्फ २ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र २ वर्षभन्दा माथिका लागि ६.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ०९:२३