११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

अष्ट्रेलियाको राजधानीमा प्रवासी नेपाली मञ्चको नयाँ नेतृत्व, अध्यक्षमा सुवास सुबेदी

अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियन क्यापिटल टेरोटेरी (एसिटी)  राज्य कमिटीको अध्यक्षमा सुवास सुवेदी निर्वाचित भएका छन्।

अधिवेशनबाट सुवेदीको अध्यक्षतामा सर्वसम्मतिले १७ सदस्यीय नयाँ कार्यसमिति  चयन गरेको छ । जसको उपाध्यक्ष बाबुराम शर्मा, सचिव राजिप सापकोटा उप-सचिव सबिता दवाडी र एनके पाण्डे ,आर्थिक बिभाग प्रमुख जागृत आचार्य चयन भएका छन्। यसै गरि सदस्यमा बुद्धि बहादुर तमाङ, योगेश सिटौला, सुभेच्क्षा लामिछाने, अमृता बन्जारा, शिव बस्याल, राजिब पौडेल, मदन राज सिग्देल, दिपिका कार्की, सर्मिला गौतम भण्डारी, सिता दवाडी रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेले प्रवासी नेपाली मञ्चले विश्व भरिका रहेका संगठन मार्फत नेपालीहरुलाई संगठित गरेर संमृद्ध नेपाल निर्माणमा महत्वपुर्ण भुमिका खेल्ने बताए । जसका लागि जहा नेपाली त्यहा मञ्च गठन गर्न आग्रह गरे ।  

निवर्तमान अध्यक्ष अभिषेक उप्रती सभापतित्व  र सचिव बाबुराम शर्माको संचालनमा भएको उद्घाटन समारोहमा विशिष्ठ अतिथिहरु नेकपा एमाले केन्द्रिय सदस्य तथा वुटवल उपमहानगरका पुर्व प्रमुख शिवराज सुवेदी र देवदह नगरपालिकाका प्रमुख धुर्व खरेल सहित  प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका सदस्य शिशिर नेपाल, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा एसिटी संयोजक बिक्रम सुवेदी, एनआरएनएका अष्ट्रेलियाका पुर्व महासचिव राजु अधिकारी, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका सचिव प्रकाश पन्थी, सनातन नेपाली समाज अष्ट्रेलियाका अध्यक्ष सन्तोष मल्ल, प्रवासी नेपाली मञ्च एसिटी इन्चार्ज किशोर भण्डारी,  प्रवासी नेपाली मञ्च एनएसडब्लु अध्यक्ष सुर्य मोहन शर्माले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

स्थानिय हंग्री बुद्ध नेपाली कुजिनको सभाहलमा आयोजित उद्घाटन समारोहलाई शुभकामना व्यक्त गर्दै मञ्चका अष्ट्रेलिया अध्यक्ष तथा विशेष अतिथि केशव जोशी राजधानी क्षेत्रमा नेपालीहरुको समस्यामा सहयोगी बन्नका लागि नव निर्वाचित कमिटीलाई आग्रह गरेका थिए ।

अध्यक्षमा निर्वाचित भए पछि दैनिकीसंग कुरा गर्दै नव निर्वाचित सुवास सुवेदीले अष्ट्रेलियन क्यापिटल टेरोटेरीमा ओएनएफलाई अझै सशक्त रुपमा अगाडि बढाउने बताए । उनले नेपाली समुदायको सुख दुखको साथी संस्थाको रुपमा ओएनएफलाई अगाडि बढाउने बताए ।

प्रकाशित मिति : May 12, 2024 at 6:36 pm