१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

मुक्तिनाथ कृषि कम्पनीको नाफा २ करोड १२ लाख

३० वैशाख, काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी २ करोड ९९ लाख रुपैयाँ ९९ लाख रुपैयाँ ऋणात्मक थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ११०.६३ प्रतिशत बढेर ३७ करोड ६१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा २३३.४६ प्रतिशत बढेको छ भने कुल आम्दानी २३१.१९ प्रतिशत बढेको छ । हाल कम्पनीकाे चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी  ४ रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात २२८.८७ गुणा रहेको छ।

प्रकाशित मिति : May 12, 2024 at 12:04 pm