१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

अरुण भ्याली हाईड्रोपावरको नाफामा भारी गिरावट

३० वैशाख, काठमाडाैं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९१.०१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७३.०९ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत २२ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको कुल खर्च २१ करोड ८३ लाख रुपैयाँ रहेकाे छ। जसमा प्रशासनिक खर्च २९ लाख रुपैयाँ, वित्तीय खर्च १४ करोड ८५ लाख र ह्रासकट्टी खर्च ६ करोड ४९ लाख रुपैयाँ रहेकाे छ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ८६ करोड ७९ लाख रुपैयाँ कायम छ।  समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ४१ पैसा रहेकाे छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ४९ पैसा कायम भएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार १०:५८