७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

भगवानको अस्पतालका लागि मीनबहादुर गुरुङले ४१ करोड दान दिने


२८ वैशाख, काठमाडाैँ । चिकित्सक प्रा डा भगवान कोइरालाको नेतृत्वमा निर्माण हुने बाल अस्पतालका लागि भाटभटेनी सूपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले ४१ करोड दान गर्ने भएका छन । शुक्रबार कोइराला र गुरूङले हस्तमिलान गर्दै ४१ करोड दानको विषयमा सार्वजनिक गरेका छन । शुक्रबार गुरूङले कोइरालाको इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को हेपालीहाइटको कार्यालयमै पुगेर ४१ करोड दान दिने घोषणा गरेका हुन ।

कोइरालाले काठमाडौंसहित देशका सातवटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान चलाइरहेका छन । उनले किओचको नाममा अस्पतालहरु बनाउन लागेका हुन । गुरूङले यसअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको अाकस्मिक कक्षको भवन निर्माण गरिदिएका थिए । गुरूङ विवादित व्यवसायी हुन । बालुवाटार जग्गा प्रकरणमा उनको मुद्दा अदालतमा विचाराधिन रहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार २०:४७