७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

कुमारी बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालमा विशेष छुट पाउने


२८ वैशाख, काठमाडाैं । कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई अस्पतालबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा ओपिडि सामान्य डेन्टल सेवाहरूमा कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्र, काठमाण्डौ मूख्य कार्यालय तथा नारायणगढरबुटवलमा रहेका शाखा कार्यालयहरुबाट सेवा लिदा १०%, विशेष डेन्टल सेवाहरूमा ७%, सामान्य सेवाहरूमा १०%, क्लिनिकल प्याथोलोजीमा १५% छुट र साथै पहिलो भिजिटमा नि:शुल्क आँखा परीक्षण प्राप्त गर्न सकिनेछ ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ ईकाईहरुमार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार १४:३१