७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

३२.८६ प्रतिशतले घट्याे बुटवल पावरको नाफा


२८ वैशाख, काठमाडाैं । बुटवल पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मकाे वित्तीय विवरण सार्वजानिक गरेको छ। कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १८ करोड ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । याे नाफा गत आर्थिक वर्षको तुलनामा ३२.८६ प्रतिशतले कम हाे । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ५४ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६.७६ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ५८ करोड ३१ लाख रुपैयाँ कमाएको थियो । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँ छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ५ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ७८ पैसा रहेकाे छ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार १३:१४