७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

नागरिक लगानी कोषको नाफा ८८ करोड २४ लाख, प्रतिसेयर आम्दानी घट्यो


२८ वैशाख, काठमाडाैं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजानिक गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १३.४३ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ७७ करोड ७९ लाख खुद नाफा कमाएकाे थियो ।

समिक्षा अवधिसम्ममा कोषले १ अर्ब ४१ करोड २५ लाख रुपैयाँ बराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.३८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कोषले १ अर्ब २५ करोड रुपैयाँ बराबरको कुल आम्दानी गरेको थियो ।

हाल ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २५ अर्ब ५० करोड १९ लाख रुपैयाँ छ । समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४ पैसाबाट घटेर २२ रुपैयाँ १४ पैसा कायम भएकाे छ । त्यस्तै, कम्पनीकाे प्रतिसेयर नेटवर्थ  १७१ रुपैयाँ ४१ पैसा छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार १०:२२