७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सोल्टी होटलले कमायो ४१ करोड २३ लाख नाफा, यस्तो छ प्रतिसेयर आम्दानी


२८ वैशाख, काठमाडौं। सोल्टी होटल लिमिटेडले चालु आर्थिक बर्षकाे तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षकाे तेस्रो त्रैमाससम्ममा कम्पनीले ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । याे नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ११.०८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ६८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ११.३८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको थियो ।

यस्तै होटलको सञ्चालन आम्दानी ४६ करोड रुपैयाँबाट बढेर ५१ करोड २७ लाख रुपैयाँ पुगेको छ हाल यसको ९२ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको होटलको जगेडा कोषमा १ अर्ब ३५ करोड रुपैयाँ छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ४ रुपैयाँ ४४ पैसा छ भने प्रतिसेयर नेटवर्थ २४ रुपैयाँ ५८ पैसा रहेको छ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार ०९:४२