६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

एउटा फरक चलचित्र `बोक्सीको घर ´ एडिलेडमा पनि प्रदर्शन हुदै


एडिलेड । केही समययता नेपाली चलचित्र ‘बोक्सीको घर’ मा समावेश गरिएको ‘बुझिन् मैले’ बोलको गीत लोकप्रिय भइरहेको छ। युट्युवमार्फत सार्वजनिक गरिएको उक्त गीतलाई एक महिनामै एक करोड ३० लाखभन्दा बढी पटक हेरिएको छ। गीतलाई प्रकाश सपूतले तयार गरेका हुन्। उनकै शब्द र सङ्गीत रहेको उक्त गीत समीक्षा अधिकारीले गाएकी हुन्।

फिल्म रिलिज अगाडि नै गीतका कारण चर्चामा रहेको फिल्म बोक्सीको घर’ एडिलेडमा पनि प्रदर्शन हुने भएको छ । मे १२ तारिख साझ ७ बजे एडिलेडको स्थानीय मर्करी सिनेमा ‘बोक्सीको घर’ को प्रर्दशन हुन लागेको हो।

अप्रिल २६ बाट नेपाल भर प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’ को दर्शकहरुको राम्रो प्रतिक्रिया पाएको छ । नेपाली समाज जारी बोक्सी कुप्रथा माथी बनेको सामाजिक चलचित्र अन्य चलचित्र भन्दा फरक रहेको विश्लेषकहरुको धारणा रहेको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रले समाजमा महिलालाई कसरी बोक्सीको आरोप लगाईन्छ र कसरी समाजबाटै यातना दिइन्छ भन्ने कथालाई प्रस्तुत गरिएको छ । केकी अधिकारीको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा केकी अधिकारी, सुपला सापकोटा रमा थपलिया,सुष्मा निरौला, सबिन बास्तोला लगायत कलाकारको अभिनय रहेको छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ ।

फिल्म ‘बोक्सीको घर’ को साउथ अष्ट्रेलियामा एडिलेड नेपाली ट्रान्सलेटको मुख्य प्रायोजनमा हुन लागेको एडिलेडमा प्रदर्शन जिम्मेवारी लिएका हेम श्रेष्ठले बताए । सामाजिक अगुवा समेत रहेका श्रेष्ठले नेपाली समाजको बिकृति माथी बनेको चेतनामुलक चलचित्र भएकाले प्रदर्शन व्यवसायिक भन्दा पनि सेवा भावले मात्र प्रदर्शन गर्न लागिएको बताए ।

फिल्म ‘बोक्सीको घर’ को टिकट अनलाइनबाट खरिद गर्न सकिने छ।   http://www.msmticketing.com.au

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार १३:४०