१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

२५ वैशाख, काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न WAFF Women’s Championship 2024 प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ ।

२०८१ वैशाख २४ गते ललितपुर स्थित होटल हिमालयनमा विशेष कार्यक्रम आयोजित गरेर बैंकले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो । बैैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरुलाई जनही २५ हजार र सम्मानपत्र सहित सम्मान गरेको हो । साथै, उक्त कार्यक्रमका बीच बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरज्यूलाई ब्राण्ड प्रमोटरका रुपमा समेत घोषणा गरेको छ ।

पहिलो पटक सहभागी हुँदै साउदी अरेबियामा सम्पन्न भएको उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उत्कृष्ट टिमवर्क, स्पोर्टम्यानसिप, धैर्यता र अठोटका साथ मैदानमा खरो उत्रिदै WAFF Women’s Championship 2024 को फाइनल सम्म पुगेर उपविजेता बन्न सफल भएको थियो ।

प्रकाशित मिति : May 7, 2024 at 11:21 am