२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

गोर्खाज फाइनान्सका नवनियुक्त अध्यक्षद्धारा शपथ ग्रहण

२० वैशाख, काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले सपथ ग्रहण गरेका छन् ।बिहीबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलसँग सपश ग्रहण गरेका हुन् ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राईले आफ्नो कार्यव्यस्तता जनाउँदै आफ्नो पदबाट राजिनामा दिएका थिए । रिक्त अध्यक्ष पदमा शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले बुढाथोकीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सन्तोष कुमार घिमिरेले आगामी दिनमा जोखिम न्युनिकरण गर्न एवं वित्तीय संस्थाको कार्यलाई सहज र सरलीकृत बनाउन डिजिटाइजेसनलाई मुख्य प्राथमिकतामा राख्ने बताए । हाल कम्पनीको २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल छन् ।

प्रकाशित मिति : 15:08