८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

कुमारी बैंकको ९७ हजार कित्ता सेयर बिक्रीमा


१९ वैशाख, काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ९७ हजार १५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा बैंकका संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । साथै, तोकिएको समयअवधिभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार १२:००