८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

प्रभु बैंकको सञ्चालकमा कार्की र बलायर नियुक्त


१८ वैशाख, काठमाडौं । प्रभु बैंकमा रिक्त रहेको सञ्चालक समितिमा दुई जना नियुक्त भएका छन् ।बैंकको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको दुई  पदमा नयाँ नियुक्ति गरेको हो ।

बैंकले संस्थापक सेयरधनीको समूहबाट रिक्त रहेको सञ्चालक पदमा किशोर जंग कार्कीलाई नियुक्त गरेको छ । भने सर्वसाधारण समूहबाट रिक्त रहेको सञ्चालक पदमा भावना बलायरलाई नियुक्त गरेको छ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार १३:४५