२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

नबिल बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा


१७ वैशाख, काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयअवधिभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार १०:५३

https://srdb.com.np/