२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण


१३ वैशाख, काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाण्डौ उपत्यकाभित्रका आफ्ना २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । बैंकले काठमाडाैं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिकाको वडा न.२, बालकोटमा स्थानान्तरण गरेको हो ।

यसैगरी, काठमाण्डौ महानगरपालिकाको पेप्सिकोलामा अवस्थित २ मध्ये १ शाखा भक्तपुर जिल्लास्थित मध्यपूर ठिमी नगरपालिकाको वडा न.८,बोडेमा स्थानान्तरण भएको छ। स्थानान्तरण गरिएका साविकका महराजगञ्जर पेप्सिकोला शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिनसक्ने बैंकले जनाएको छ ।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरु माझ बैंकिङ सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ।

हाल लक्ष्मी लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३२ शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार १५:०३