२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

सर्वसाधारणलाई एनएमबी बैंकको सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य


१३ वैशाख, काठमाडौं । एनएमबी बैंक लिमिटेडले सर्वसाधारणलाई सेयर बिक्रीमा राखेको छ । बैंककले १० हजार ७३२ कित्ता संस्थापक सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा राखेको छ । बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनी तथा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।

यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ प्रस्ताव गरिएको छ । सेयर खरिद गर्न चाहने लगानीकर्ताले आगामी वैशाख २० गतेभित्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलमा आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार १०:२५