२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

सिटिजन्स बैंकद्वारा प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान


१२ वैशाख, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सुर्खेतमा अवस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जेष्ठ नागरिकहरुको हकहित र अधिकारको लागि कार्यहरु गर्ने र उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्नको लागि उपयुक्त वातावरणको सृजना गर्ने उद्देश्यका साथ स्थापना भएकोे सो संस्थालाई सहयोग प्रदान गरेको हो ।
बैंकले उक्त वृद्धाश्रमलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको छ ।

आश्रममा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले वृद्धहरुको सेवामा समर्पित आश्रम सञ्चालन गरेर समाजमा अनुकरणिय काम गर्दै आएको संस्थालाई सानै भएपनि सहयोग प्रदान गर्न पाँउदा धेरै खुसी महशुस भएको बताए ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम. र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ । हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार ११:२९