२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

सर्वसाधारणलाई कुमारी बैंकको सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य


१२ वैशाख, काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको केही कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोहि व्यक्ति वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सो सेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको छ ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा वैशाख १८ गतेसम्म आवेदन दिनुपर्नेछ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार १०:११