२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना


११ वैशाख, काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले पृथ्वी दिवस २०२४ को अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । बैंकले यस दिवसको अवसरमा सरसफाइ र चित्रकला प्रतियोगिता जस्ता कार्यक्रमहरू आयोजना गरेको हो ।

स्वच्छ वातावरण निर्माणमा सघाउ पुऱ्याउने र वातावरणीय समस्याहरूको बारेमा सचेत गराइ भविष्यका पुस्ताहरूका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी पृथ्वी दिवस मनाएको बैंकले जनाएको छ ।

बैंकले सरसफाइ कार्यक्रम अन्तर्गत देशको सातै प्रदेशका कुल १५ विभिन्न सार्वजनिक स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको थियो जसमा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

साथै, बैंकले बालबालिकाहरूलाई सानै उमेरमा प्लास्टिकले निम्त्याउने वातावरणीय चुनौतीहरूको बारे सचेत गराउने उद्देश्यले पृथ्वी दिवस २०२४ को नारा ‘पाल्नेट भरसेज पाल्स्टीक’मा चित्रकला प्रतियोगिता समेत आयोजना गरेको थियो ।

यस्ता कार्यक्रमहरुले पृथ्वीमा दिनानुदिन बढ्दै गएको प्लास्टिकको प्रयोगका साथै प्रदुषणबाट पर्ने नकारात्मक असरको बारेमा जनचेतना फैलाइ जनमानसमा वातावरण स्वच्छ र सफा राख्न समेत प्रेरित गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

सिद्धार्थ बैंक लिमिटेडले देशैभरी फैलिएको आफ्ना १९६ वटा शाखा (५ वटा एक्स्टेन्सन्काउन्टर सहित), ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ वटा एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग
सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलवार १६:०३