२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

सिद्धार्थ बैंकको ५ लाख १० हजार कित्ता सेयर बिक्रीमा


११ वैशाख, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखेको छ । बैंकले २ जना संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख १० हजार ३०७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनीको सचिवालयमा आफुले लिन चाहेको सेयर संख्या खुलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

साथै , तोकिएको समयभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलवार १०:०३