१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

जन्मनु अघिदेखि जीवनका अन्तिम क्षणसम्म राज्यले सबै सुरक्षा दिन्छ: प्रधानमन्त्री अाेली

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कार्यक्रम लागू भएसँगै अव हुँदा खाने र सक्नेले खाने दिन सकिने घोषणा गर्नुभएको छ । काठमाडौंको प्रज्ञा भवनमा आयोजित बिशेष कार्यक्रममार्फत योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू भएको घोषणा गर्दै प्रधानमन्त्री ओलीले लोककल्याणकारी राज्यको अवधारणाअनुसार सवैका लागि सामाजिक सुरक्षा कार्यक्रम ल्याइएको प्रष्ट पार्नुभयो ।

‘अव हुँदा खाने दिन सकिन्छ, जन्मनु अघिदेखि जीवनका अन्तिम क्षणसम्म राज्यले सवै प्रकारका सुरक्षा दिन्छ, सक्नेले खाने राज्यको भुमिकामा परिवर्तन जरुरी थियो, राज्य जनताप्रति उत्तरदायी हुनुपर्ने अवधारणालाई सुदृढ गरी ल्याउन आवश्यक थियो, त्यस्का लागि यो कार्यक्रम जरुरी थियो, त्यही कार्यक्रम ल्याइएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले तात्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले नै जनतालाई लोककल्याणकारी राज्यको अनुभुति दिलाइको स्मरण गर्दै आज आएर त्यस्को बृहद स्वरुप दिइएको बताउनु भयो । ‘आज भन्दा २५ बर्ष अगाडि सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक भत्ताको अवधारणा हाम्रै सरकारले नै सुरु गरेका थियौं । आजबाट त्यो कार्यक्रमबाट २५ बर्ष अगाडिको त्यो कार्यक्रमलाई सुदृढ बनाउने काम गरेका छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो नयाँ प्रणाली सवैका लागि हो, यो ज्याला रोजगारी हुने र नहुने, युवा हुन वा बृद्ध, स्वस्थ हुन वा बिरामी, आम्दानी हुने वा नहुने सवैका लागि हो ।’

सामाजिक सुरक्षा कार्यक्रमको समेत बिरोध भएकोप्रति पनि प्रधानमन्त्रीले आफ्नो संबोधनमा समेटनु भयो । उहाँले आफू नेतृत्वको सरकार जनताका लागि काम गर्न आएको भन्दै कसैको धारे हातले काममा अवरोध वा निस्कृयता नआउने बताउनु भयो । ‘यो सरकार जुम्रा मार्न र सिन्का भाँच्न होइन,देश बनाउनका लागि हो, त्यही काम यो सरकार गर्दैछ । अझै देख्नुभएन सरकार मित्रहरु रु अझै देख्नुभएन भने तपाईले चस्मा लयाउनु पर्छ,नचाहे पनि तपाईले आजबाट सरकार देख्नुहुनेछ । त्यो बाध्यता हो,’ प्रधानमन्त्रीले भन्नुभयो । उहाँले सरकार कहाँ छ भनेर खोज्नेहरुले श्रमजिवी जनता र मजदुरको बीचबाट जवाफ पाउने बताउनु भयो ।

‘मजदुरलाई सोध्नोस सरकार कहाँ छ, श्रमजीवीलाई सोध्नोस, जनतालाई सोध्नोस त्यहीबाट जवाफ पाउनु हुनेछ, केही समयमा मेलम्ची आउँछ, त्यस्ले दिन्छ सरकार कहाँ छ, बाटोमा धुलो उडन कम भएको छ, त्यस्ले दिन्छ सरकार कहाँ छ ?,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अव जता फर्कियो, त्यही सरकार देख्नुहुनेछ । सरकार श्रमजीवि जनताको बीचमा छ, जनताको उज्जल भविश्य बनाउने ब्यस्थ छ सरकार ।’

उहाँले सवै नागरिकलाई सुरक्षाबारे जानकारीदिन यति धेरै तामझामगरिएको पनि प्रष्ट पार्नुभयो । ‘भोलि कसैले भन्नेछन, यो तामझाम किन ? यो तामझाम देखिन, थाह पाइन भन्नेहरुलाई देखाउन, सुनिन भन्नेहरुलाई सुनाउनलाई, हाम्रा योजनाहरुको जानकारी गराउनलाई हो,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘यस्ता दृष्य दुर्लभ हो, दुनियामा दुर्लभ यो दृष्य नेपालमा संभव भएको छ । हामीले संभव बनाएका छौं ।‘

उहाँले अहिले पनि जनतामा निरासाको खेती गर्नेहरुको काम यथावत रहेको भन्दै त्यस्तन भ्रम अव काम नलाग्ने बताउनु भयो । ‘हाम्रा सपनाहरुलाई मर्छित बनाइएको छ, बिश्वासलाई मुर्छित बनाइएको छ, त्यो प्रयाश अझै जारी छ, जनतालाई निराश बनाएर आफ्नो स्वार्थ लुटनन खोजिएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाललाई सवैभन्दा तीब्र बिकाशको गती भएको देश बनाउन सकिन्छ । त्यसका लागि आवश्यक सवै चिज छ ।’

उहाँले नेपालको समृद्धि सवैको सहकार्यमा संभव भएको पनि बताउनु भयो । ‘बिकाशका आधारहरु, पूर्वसर्तहरु, र तरिकाहरु खोजेको छ अहिलेको सरकारले । ९ महिनामा हामीले त्यही काम भएको छ । मेलम्ची खानेपानी आयोजना केही भएको थिएन, अहिले बहुत तीब्रता लिएको छ, अव चाँडै आउँदै छ,’ उहाँको भनाई थियो , ‘९ महिनामा सरकारले किन केही गरेन, के गर्यो भन्छन, म भन्न चाहन्छु, ९ महिनामा हुनुपर्नै कामहरु भएको छ, नेपाली जनता निराश हुनुपर्ने कुनै कारण छैन, जनताको पक्षमा हुनुपर्ने सवै काम भएको छ ।’

प्रधानमन्त्री ओलीले तर्कमा होइन, परिणामबाट देखाउने काममा लागेको पनि प्रष्ट पार्नुभयो । ‘हामी तर्कमा होइन, परिणामबाट देखाउन चाहन्छौं, त्यही काममा लागेका छौं । जनताले देखाएको बाटोमा सरकार हिडछ, कुनै दाँयाँबायाँ हुन्न । जनताका सपनाहरु साकार पारेरै छाडछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘शासनका बागडोर हातमा पर्न साथ सपनाहरुलाई, आशाहरुलाई प्राप्त गर्न त्यही सक्रियता र दृढताका साथ काम गर्नुपर्प, जो अहिलेको सरकारले गरिरहेको छ ।’

उहाँले कांग्रेस नेतृत्वको सरकारले मुलुकलाई तवाह बनाउँदा पनि आफ्रहरुले जनतामा निराशा आउन नदिएको भन्दै अव परिणामबाटै उत्साहि बनाउने बताउनु भयो । ‘उदारिकरणको नक्कलले हाम्रो अर्थ ब्यवस्थामाथि बुल्डोजर चलाएको बेला, हाम्रासार्वजनिक संस्थाहरु कौडीकोभाउमाबिक्रि भइरहेको बेला, औधोगिकरणको बिकाशका बाटाहरु स्वार्थहरुको नंग्राले चिथोर्दै फालिएको बेला हामीले एउटा आशा जगाएका थियौं, बृद्धबृद्धालाई जेष्ठ नागरिक भत्रा दिलाएका थियौं, प्रधानमन्त्रीले भन्नुभयो, ‘बाँचे आकांक्षा, इच्छा बढदै गएको छ । यस्ले एएटा ठुलो मनोबैज्ञानिक परिवर्तन ल्याएको छ । अहिले कम्तीमा पनि राज्यले दिएको भत्ता नलिई के छाडथे भन्ने छ । न्यायिक राज्यमा मेरो सरकार र राज्य छ, त्यसैले मलाई पाल्छ भन्ने बिश्वास हामीले दिलायौं । जनताले देखाएको बाटोमा सरकार हिडछ, कुनै दाँयाँबायाँ हुन्न । जनताका सपनाहरु साकार पारेरै छाडछ ।’

उहाँले अवका दिनमा नागरिकले आर्थिक अभावमा कुनै पनि समस्या झेल्नुनपर्ने पनि प्रष्ट पार्नुभयो । ‘अर्को बर्ष बिद्यालय जाने उमेर समयका बालबालिका बिद्यालय बाहिर हुनेछैनन, धारे हातको केही अर्थ छैन, नागरिकको सुभेच्छा पर्याप्त छ हामीलाई,’ प्रधानमन्त्रीले भन्नुभयो । उहाँले सामाजिक सुरक्षा योजनाबाट सवै नागरिकले फल पाउने तथ्यसमेतराख्नुभयो ।

‘सामाजिक साझेदारीमा आधारित एउटा नयाँ अबधारणा हो यो । अव उमेरमा बिउ रोप्छ,पछि टिपेरखान्छ, बुढेसकालमा बैंशका कुरा मात्रै संझनु पर्दैन, पसिनाका थोपाको पनि फल पाउँछ । सामाजिक सुरक्षा भनेको एैक्यवद्धतामा आधारित प्रणाली हो, ढकुटीबाट बाँडन होइन, ढुकुटीमा भर्दै झिक्दै, बाँडदै अघि बढने बिधि हो । भरथेग हो । यस्ता सहयोग सर्वकालिक र योगदानमा आधारित हुन्छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

उहाँले यो कार्यक्रम लागू गरी सरकारले लोककल्याणकारी राज्य कस्तो हुन्छ भन्ने प्रमाण दिएको बताउनु भयो । ‘सामाजिक सुरक्षा भनेको एैक्यवद्धतामा आधारित प्रणाली हो, ढकुटीबाट बाँडन होइन, ढुकुटीमा भर्दै झिक्दै, बाँडदै अघि बढने बिधि हो । भरथेग हो । यस्ता सहयोग सर्वकालिक र योगदानमा आधारित हुन्छ । त्यसैले सामाजिक सुरक्षा भनेको योगदान र दायित्वको समिश्रण हो । हामीले अघि बढाएको सामाजिक सुरक्षाले सवैलाई समेटछ, समाजवाद उन्मुख लोकतान्त्रिक राज्यतर्फ हाम्रो सम्पुर्ण प्रयाश हो,’ प्रधानमन्त्रीले भन्नुभयो ।

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलवार १६:५०