१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

बैंकको नाम दुरुपयोग गरेर भईरहेको ठगीबाट जोगिन नेपाल बैंकको आग्रह

३ चैत, काठमाडौँ । नेपाल बैंक लिमिटेडले बैंकको नाम दुरुपयोग गरेर भईरहेको ठगीबाट जोगिन आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जालहरुमार्फत आर्थिक प्रलोभन देखाई ठगी भईरहेकाले सेचत रहन आग्रह गरेको हो ।

विभिन्न समूह/व्यक्तिबाट नेपाल बैंकको लोगो,तथा बैंकसँग सम्बन्धित फोटो,इमेल तथा लिंकहरु प्रयोग गररी कर्जा स्वीकृतपत्र,चिठ्ठा,उपहार कार्यक्रम,आदि जस्ता विभिन्न आर्थिक प्रलोभन देखाई ठगी भईरहेकाले सचेत रहन बैंकले सबैमा आग्रह गरेको छ । बैंकले विभिन्न सामाजिक सञ्जालहरु जस्तै,फेसबुक,एक्स,टिकटक,युटुब,वाट्सएप,भाइबर,इमोमार्फत कुनै पनि कर्जा स्वीकृतपत्र,चिठ्ठा,उपहार जस्ता कार्यक्रम घोषणा नगरेको जनाएकाे छ ।

यस्तै खाताको केवाईसी अपडेट गर्ने प्रयोजनका लागि वा खातामा पैसा जम्मा गरिदिने भनि वा अन्य कुनै प्रयोजनका लागि ओटीपी,लिंक,पिनकोड तथा पासवर्ड जस्ता सूचनाहरु बैंकले नमाग्ने भएको हुँदा कसैलाई पनि यस्ता प्रकारको गोप्य स्रूचना तथा नम्बरहरु उपलब्ध नगराउन बैंकले अनुराेध गरेको छ ।

प्रकाशित मिति : April 15, 2024 at 12:46 pm