९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायबीच नगद रहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धी सम्झौता

२२ चैत, काठमाडौँ । प्रभु बैंक लिमिटेड र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगद रहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धी सम्झौता भएको छ।

सम्झौतामा प्रभु बैंकका गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी ब्यबसायको तर्फबाट अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरेका थिए।

गण्डकी ट्याक्सी व्यवसायसँग आबद्ध भएका ट्याक्सी ब्यवसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउने छ।

विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकसँग रहेको प्रभु बैंकमार्फत् उपलब्ध गराइएको क्यु आर मार्फत् विना झन्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।

गण्डकी ट्याक्सी ब्यबसायमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरूका लागि बैंकको तर्फबाट क्यु आर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरू उपलब्ध गराइएको जनाइएको छ। निकट भविष्यमा अन्य ३५० भन्दा बढी चालकहरूलाई उपलब्ध गराइने कार्यक्रम रहेको छ।

कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकहरुका लागि क्यु आर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्टहरुको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्युनिकरणका उपायहरु सम्बन्धमा झण्डै १ घण्टाको दृष्यचित्र सहित चेतनामुलक सामाग्री प्रस्तुती गरिएको थियो । पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्यूतीय भुक्तानी प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरु समेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : April 4, 2024 at 6:05 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/