११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

२१ चैत, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको सेवा अवरुद्ध हुने भएको छ । बैंकको सेवा चैत २१ गते बुधबार राति २ बजेदेखि ३ बजेसम्म (१ घण्टा  ) अवरुद्ध हुने बैंकले जनाएकाे छ ।

बैंकका अनुसार बैंकको कार्ड कारोबारको स्विचिङ सेवा प्रदायक संस्था ‘नेपाल इलेक्ट्रिोनिक पेमेन्ट सिस्टम’(नेप्स) को स्स्टिममा आवश्यक मर्मत सम्भार गुर्न पर्ने भएकाले यो समयमा बैंकबाट जारी गरिएको सम्पूर्ण कार्डमार्फत हुने कारोबार तथा एटीएम/पीओएस सेवा अवरुद्ध हुने भएको हो ।

उक्त समयमा दैनिक रुपमा आवश्यक विद्युतीय कारोबारका लागि अन्य वैकल्पिक माध्यमबाट कारोबार गर्न बैंकले अनुरोध गरेको छ ।यसबाट ग्राहकवर्गमा पर्न भएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।

प्रकाशित मिति : April 3, 2024 at 9:18 am