११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

हिमालयन बैंकको १३ लाख २७ हजार कित्ता सेयर बिक्रीमा

२० चैत, काठमाडौँ । हिमालयन बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखेको छ । बैंकले ८ जना संस्थापक सेयरधनीको नाममा रहेको १३ लाख २७ हजार ८६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र काठमाडौँ कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानून तथा सेयर विभागमा आवश्यक कागजातसहित  आवेदन दिनुपर्नेछ।

संस्थापक सेयरहरुको मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । साथै, तोकिएको समयभित्र बिक्रीमा राखिएको सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : April 2, 2024 at 9:36 am