एक कम्पनीको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
१८ चैत, काठमाडौँ । हाईड्रो इलेक्ट्रीसिटी इ्रन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले सेयरधनीको खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले गत आर्थिक बर्षका लागि घोषणा गरेको नगद लाभांश सेयरधनीको खातामा जम्मा गरेको हो ।
कम्पनीले गत पुस २९ गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाबाट पारित ५.२६३ प्रतिशत नगद लाभांश (कर समेत) फागुन २७ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।
यस्तै ,भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ। हितग्राही खातामा अद्यावधिक गराइएको बैंक खाता नमिलि वा अन्य कारणले गर्दा पुनःप्रोसेस गर्नुपर्ने भएमा प्रतिसेयरधनी रि–प्रोसेस शुल्कबापत ५ रुपैयाँ लाग्ने कम्पनीले जनाएको ।
प्रकाशित मिति : March 31, 2024 at 9:35 am









