८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

जीप दुर्घटनामा परेर मृत्यु हुनेप्रति पूर्व प्रधानमन्त्री खनालद्वारा दुःख व्यक्त

८ मंसिर, इलाम । गृह जिल्लामा बिहीबार भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेप्रति पूर्वप्रधानमन्त्री खनालले दुःख व्यक्त गर्नुभएको छ । खनालले आज एक शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ भने घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । गत बिहीबार खनालकै गृहक्षेत्र इलाम नगरपालिका–१ स्थित साँखुजुङमा मे१ज ८१८ नम्बरको जीप दुर्घटना हुँदा साँखुजुङकै कैलाश गुरूङ र सुमन खनालको मृत्यु भएको थियो ।

पूर्वप्रधानमन्त्री खनालका सुमन आफन्तसमेत रहेका छन् । उक्त जीपमा सवार अन्य तीन जना भने गम्भीर घाइते भएका छन् । घाइतेलाई जिल्ला अस्पताल इलाममा उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ । पूर्वप्रधानमन्त्री खनालले विज्ञप्तिमार्फत घाइतेको उपचारको व्यवस्था मिलाइदिनका लागि सम्बन्धित कार्यालयसमक्ष मागसमेत गर्नुभएको छ । रासस

प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार २३:०७