१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

राष्ट्रिय वाणिज्य बैंकको ग्लोबल मनी विकको सन्दर्भमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

१५ चैत, काठमाडाैँ  । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजार ५ सय ९० जना लाभन्वित भएका छन् । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्धेश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

यही चैत ५ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विक २०२४ “प्राेटेक्ट याेर मनी, सेक्याेर याेर मनी” भन्ने मुलनाराका साथ देशव्यापी रुपमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको हो ।

ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्धेश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो । नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैकको देशैभरीका शाखा कार्यालयहरुले विद्यार्थी, युवा, प्रहरी, कर्मचारी, मजदूर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरुलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ्ग आदत सिकाउन उद्धेश्यले वित्तीय संचेतना कार्यक्रम सञ्चालन गरेका हो ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग, ७१ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।

   

प्रकाशित मिति : March 28, 2024 at 9:24 am