११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

महाजात्रामा अभिनय र सन्देश दुबै पाएँः एमाले अध्यक्ष ओली

१३ चैत, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले नेपाली चलचित्र ‘महाजात्रा’ हेरेका छन् । सोमबार बेलुकी काठमाडौंको सुनधारास्थित सिडिसि सिनेमामा पत्नी राधिका शाक्य र अन्य शीर्ष नेतासहित चलचित्र हेरेपश्चात् उनले १० नम्बर मा ९.५ रेटिङ दिएका छन्।

ओलीले चलचित्रबाट भरपुर मनोरञ्जन लिएको बताए। ओलीले १० मा १० अङ्क दिन केही राजनीतिका विषयले रोकेको बताउँदै आफूले त्यस कारण ०.५ घटाएको बताए । ओलीले चलचित्र राम्रो बन्न सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिने भन्दै ती दुवै पक्ष महाजात्रामा रहेको बताए । उनले महाजात्राले बाटो बिराएकालाई सही मार्गमा हिँड्न प्रेरणा दिने बताए ।

ओलीसँगै एमाले नेताहरू ईश्वर पोखरेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओली लगायतका ४० जनाले महाजात्रा हेरेका थिए । चलचित्र हेरेपछि मनोरञ्जनसँगै सन्देश पनि प्राप्त गरेको गायिका तथा नेतृ कोमल ओलीले बताइन् । निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, अरविन्द खड्का लगायतले चलचित्र हेरेकोमा नेताहरूलाई भेटेर नै धन्यवाद दिए । निर्देशक प्रदीपले दर्शकसँगै राजनीतिज्ञबाट प्राप्त गरिरहेको प्रतिक्रियाले आफूहरूलाइ ऊर्जा थपेको बताए । उनले यस पटक चलचित्रलाई मनोरञ्जनमै सीमित नराखी फिल्मकर्मीको दायित्व बहन गर्दै सन्देशसमेत दिएको बताए ।

 

प्रकाशित मिति : March 26, 2024 at 11:49 am