११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

रोकिएन सेयर बजारमा गिरावट, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

१२ चैत, काठमाडौँ । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । पछिल्लो चार दिनदेखि बजारमा निरन्तर गिरावट आएको छ । सोमबार नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ विन्दुमा बन्द भएकाे छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन गत बिहीबार ४ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ बराबरको ७० लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि साेमबार दुई कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन बोटलर्स नेपाल (बालाजु) र सर्वोत्तम सिमेन्टको सेयरमा सकारात्मक सर्किट  लागेकाे हाे । यस दिन किसान लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

प्रकाशित मिति : March 25, 2024 at 3:35 pm