१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

नल्याउ ती कुराहरु जसले मेरो मनलाई ठेस पुर्याउँछ (अनुभुती)

-अमित संग्रौला

महसुस गरेर हेर्छु
मेरो यही आत्माभित्र
म कति आनन्दित हुन्छु
प्रफुल्ल हुँदै आत्माको नजिक पुग्छु
सक्तिन कहिल्यै क्रोधमा गर्न काम
मेरो आत्माको अनुरागी बनेर
नल्याउ ती कुराहरु जसले
मेरो मनलाई ठेस पुर्याउछ
चाहन्छु म सधैभरि
देशमा शान्ति कायम होस र
मानव सेवामा जीवन समर्पण गरुँ
जताततै हिंसा दन्कीरहेको छ
छैन कसैको हृदयभित्र
भावना र करुणा
त्यसैले त आज म
शान्तिको मार्ग हिडिरहेको छु
महान उदेश्य बोकेर
समस्त जिवात्मालाई साक्षी राखेर
बैसुधैव कुटुम्वकम् भन्दै
समाजसेवा गर्न चाहन्छु
आज यहि आत्माको
नजिक पुगेर भनिरहेको छु
जेलिएको छु अन्त्यहिन संघर्षबाट
मेरो अन्त्यहिन उकुसमुकुस रहेका
मेरो सपनाहरू
सक्तिन अरुलाई सुनाउन
त्यसैले आज म भनिरहेको छु
यही नै मेरो आत्माभित्रको अनुभुती हो ।

बिर्तामोड , झापा 

प्रकाशित मिति : November 24, 2018 at 12:24 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/