११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

आरम्भ चौतारी लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज मिति तय

९ चैत, काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ।  कम्पनीले चैत ३० गते बनेपा पार्टी भेन्यु, बनेपा ८, काभ्रेपलाञ्चोकमा आठौँ वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँगै मर्जर वा एक्विजिशनसम्बन्धि कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसको अर्थ चैत २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागि हुन सक्नेछन्।

प्रकाशित मिति : March 22, 2024 at 9:54 am