१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

पिपुल्स हाइड्रोपावरले बोलायो साधारण सभा, हकप्रद निष्काशन प्रस्ताव पारित हुने

८ चैत, काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले  वार्षिक साधारण बोलाएको छ । कम्पनीले हकप्रद निष्काशन प्रस्ताव पारित गर्न चैत ३० गते क्यालिटि बैंकेट, बुद्धनगर, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको हो । सभा  बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत १५ गते बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ चैत १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागिता हुन सक्नेछन्।

प्रकाशित मिति : March 21, 2024 at 1:58 pm