११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

नेप्सेसँगै घट्यो कारोबार रकम, तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट

७ चैत, काठमाडौँ । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ को विन्दुमा बन्द भएकाे छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। बुधबार ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको ९४ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

बुधबार तीन कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गोर्खाज फाइनान्स, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी र सर्वोत्तम सिमेन्ट सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। बोटलर्स नेपाल (बालाजु) को सेयरमूल्य यस दिन सर्वाधिक घटेकाे छ ।

प्रकाशित मिति : March 20, 2024 at 3:24 pm