११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

नेप्सेमा सामान्य अंकको सुधार, पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट

५ चैत, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । साेमबार नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ बिन्दुमा बन्द भएकाे छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। साेमबार २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँ बराबरको ७४ लाख ५९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

साेमबार पाँच कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गोर्खाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर, धौलागिरी लघुवित्त वित्तीय संस्था र पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ।

प्रकाशित मिति : March 18, 2024 at 3:20 pm