११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

कुमारी बैंकको १ लाख ६१ हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

५ चैत, काठमाडौँ। कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ६१ हजार ९५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएकाे सेयरमा संस्थापक सेयरधनी र सर्वसाधारण दुवैले आवेदन दिन सक्नेछन् । बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ५८ हजार ३६३ कित्ता सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि र ३ हजार ५८७ कित्ता सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजातसहित  सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडाैँकाे नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।

 संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकाे सेयरमा तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : March 18, 2024 at 10:01 am