१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सिटिजन्स बैंकको ९.९९ प्रतिशत घर कर्जा योजना सार्वजनिक


१८ फागुन, काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ ७ वर्षको लागी स्थिर रहने गरि ९.९९ प्रतिशतमा घर कर्जा योजना सार्वजनिक गरको छ ।

७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १ प्रतिशत बढी को प्रिमियम दर लागु हुनेछ । कर्जा रकमको ०.५० प्रतिशत व्यवस्थापन शुल्क लाग्नेछ ।

घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड , डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ ।

बैंकको १९० शाखा, १५२ एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार १७:४६